गोविन्द केसीसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोविन्द केसीसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

govinda kc

काठमाडौं, ३२ असार । सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहने व्यवस्था पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

वार्ता टोलीलाई वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने कार्यादेश दिइएको छ । १९ दिनयता जुम्लामा पुगेर आमरण अनसन बसेका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);