डा. केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

डा. केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर : आयोग

Rastriya-manab-adhikar-aayog

डा. के.सी. को जीवन रक्षाप्रति संवेदनशील बन

काठमाडौं, ९ असोज । राष्ट्रिय मानवअधिकार आयोगले दौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन डा. के.सी. सँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुप्रति गम्भीर हुन आग्रह गरेको छ ।

आयोगले डा. के.सीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौतहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै, आपसी विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटील विकल्प नरोज्न पनि आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);