डा. केसी र गंगामायाको जीवन रक्षा गर्न आयोगको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डा. केसी र गंगामायाको जीवन रक्षा गर्न आयोगको ध्यानाकर्षण

काठमाडौं, २० असार । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आमरण अनसनमा रहेका वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

नेपाल विद्यार्थी संघले बुधबार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापन पत्र बुझाउँदै वरिष्ठ चिकित्सक केसी र गंगामायाको जीवन रक्षाको पहल गरिदिन आग्रह गरेको हो ।

समग्र स्वास्थ्य क्षेत्रको विकासमा सत्याग्रह गर्दै आएका वरिष्ठ चिकित्सक केसी र छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आएकी गंगामायाको स्वास्थ्य अवस्था गम्भिर बन्दा पनि सरकारले बेवास्ता गरेपछि राष्ट्रिय मानव अधिकार आयोगसँग जीवन रक्षाका लागि पहल गर्न आग्रह गर्नु परेको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

उनले जुम्लामा गएर अनसन बसेका वरिष्ठ चिकित्सक केसीलाई स्थानीय प्रशासनले धरपक्कड गरेको भन्दै आपत्ति जनाए ।

नेपाल विद्यार्थी संघले त्यस अवसरमा सर्वस्वसहित जन्म कैद भुक्तान गरेका बालकृष्ण ढुंगेललाई कैद मिनाहा गर्ने सरकारको निर्णय मानव अधिकारको दृष्टिले उचित नभएको भन्दै आयोग पदाधिकारीहरुको समेत ध्यानाकर्षण गराएको छ ।

यता, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले मानव अधिकार हनन् हुन नदिन सरकारलाई पटक पटक ध्यानाकर्षण गराउने गरेको बताए । उनले वरिष्ठ चिकित्सक केसी र गंगामायाको उपचारको उचित व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

सर्वोच्च अदालतको आदेश अनुसार गंगामायालाई न्याय दिन र जुम्लामा अनसन बसेका वरिष्ठ चिकित्सक केसीलाई काठमाडौं झिकाएर भएपनि स्वास्थ्य उपचारको उचित व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष शर्माले आयोगले आवश्यक परेको बेला सरकारलाई मानव अधिकार रक्षाका लागि दवाव समेत दिँदै आएको बताए । आयोगले मानिसको स्वास्थ्यमाथि खेलबाड कसैले पनि गर्न नहुने स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);