नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुल्यो

muglin sadak

चितवन, २० असार । पहिरो खस्ने क्रम जारी रहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन समयस्या परेको छ । बिहानैदेखि अवरुद्ध सडक खुलाउन ४ वटा स्कभेटरसहित पर्याप्त जनशक्ति परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एपपी सुशीलसिंह राठौरका अनुसार पहिरोको जोखिममा रहेका केही सवारीलाई अस्थायी रुपमा एकतर्फी रुपमा सडक खुलाएर पठाइएको छ । अन्य सवारी साधनका लागि भने सडक खुल्न अझै केही घण्टा लाग्ने उनले बताए । वर्षा र पहिरो रोकिए १-२ घण्टामै सडकको अवरोध खोल्ने एसपी राठोरले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा अझै पहिरो खस्ने क्रम जारी रहेको राठोरले जानकारी दिए । पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध हुँदा सयौं सवारी अलपत्र परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);