डाक्टर गोविन्द केसीकाे शैली अधिनायकवादी : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

डाक्टर गोविन्द केसीकाे शैली अधिनायकवादी : गृहमन्त्री

rambahadur thapa

काठमाडौं, २० असार । गृहमन्त्री रामबहादुर थापाले डाक्टर गोविन्द केसीले अधिनायकवादी शैलीमा सडकबाट विधि विधान बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक र राजनीतिक महत्वका विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले लोकतन्त्र विधिको शासन भएकाले आफ्ना मागहरु सोही ढंगले अघि बढाउनुपर्ने बताए ।

सरकारले डाक्टर केसीको राजनैतिक अधिकारको सम्मान गर्ने भन्दै उनले लोकतन्त्र विधिको शासन भएकाले सबै नागरिकले कानुनको सम्मान गर्नुपर्ने बताए । सदनबाटै समस्या समाधान खोजिनुपर्ने भन्दै उनले सडकमा विरोध गर्नु अधिनायकवाद भएको टिप्पणी गरे ।

उनले भने, “जन अदालत भनेको प्रतिनिधिसभा हो । राष्ट्रिय सभा हो । सडकमा कुनै समस्या समाधान हुन सक्दैन त्यो अधिनायकवादी चरित्र हो ।” उनले लोकतान्त्रिक तरिकाले समस्याको समाधान खोज्न डाक्टर केसीलाई आग्रह गरे ।

गृहमन्त्री थापाले सरकारले स्वास्थ्य परीक्षणमा रोक लगाएको भन्ने विषय सत प्रतिशत गलत भएको बताए । मन्त्री थापाले डाक्टर केसीले नै उपचार लिन नमानेर डाक्टरहरु फर्काएको दाबी गरे ।

उनले भने “जबरजस्ती ल्याउने हो भने, सदनले हामीलाई आदेश दिनुप-यो, घिच्याएर ल्याउनुपर्यो । त्यसो गरौ भने पनि मानवअधिकारको, लोकतन्त्रको हनन हुन्छ । हामी बडो दुविधामा छौ । हामी हटलाईनमा छौ जुम्लासंग । हामीले हेलिकोप्टर ठिक पारेर पनि राखेका छौ ।” उनले प्रतिष्ठान भित्र अनसन गर्न रोक लगाईएको विषय सत्य भएपनि अनसनै बस्न नदिएको भन्नेमा सत्यता नभएको स्पष्ट पारे ।

मन्त्री थापाले डाक्टर केसीलाई गिरफ्तार नगरेको तथा अनसनबाट रोक्ने काम नभएको र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने तथा दमन गर्ने काम नगरेको स्पष्ट पारे । अति संवेदनशील ठाउँहरु जहाँ पनि निषेधित हुने भन्दै उनले विरोधको अधिकारलाई सरकारले कुण्ठित नगरेको र हरेक जनताको जीउधनको सुरक्षा गर्ने प्रतिवद्धता जनाए ।

उनले अतिसंवेदनशील स्थानहरु जहाँपनि निषेधित हुने र सुशासन र लोकतन्त्रको रक्षाको लागि त्यसो गरिने स्पष्ट पारे । नागरिको विरोध गर्ने अधिकार कुण्ठित नगरेको उनले बताए । लोकतन्त्रको जननी भएका देशमा पनि जहाँसुकै अनशन बस्न नपाईने भन्दै उनले विधिको पालना सबैबाट हुनुपर्ने बताए । उनले भने “अस्पतालमा गएर अनशन बस्ने ?”

सरकार प्रतिगामी भए सरकार विरुद्ध जनताले विद्रोह गर्न पाउने भन्दै उनले प्रश्न गरे “के अहिले विद्रोह गर्ने आवश्यकता हो त ? के यो सरकार प्रतिगामी हो ? यो दलालहरुको राष्ट्रघातीहरुको सरकार हो ? जनताका लोकतान्त्रिक अधिकारलाई हनन गरिरहेको छ ? कुण्ठित गरेको छ ? वा त्यसको संरक्षण गरिरहेको छ ? यो सरकार अल्पमतको सरकार हो ? कि यो दुई तिहाईबाट निर्वाचित सरकार हो ?” उनले डाक्टर केसीले उठाएको मागमा सरकारको कुनै पोजिशन नभएको स्पष्ट पारे ।

गंगामाया अधिकारीको अनसन राजनीतिक

गंगामाया अधिकारीको अनसनलाई भने उनले राजनीतिक प्रश्न भएकाले राजनीतिक ढंगले हल गर्नुपर्ने बताए । सर्वोच्च अदालको आदेशलाई सरकारले कार्यान्वयन गर्ने भन्दै उनले जनयुद्धकालिन मुद्दा भएकाले राजनीतिक रुपमा र विशेष विधि अनुसार समस्या समाधान खोज्नुपर्ने बताए ।

उनले अतिरञ्जित ढंगले गंगामायाको विषय उठान गरेर मुलुकलाई अस्थीर बनाउने खेल भएको त छैन भन्ने शंका उब्जिएको बताए । उनले भने “त्यस्ता गंगामायाहरु हजारौ छन् । ती सबै गंगाामायाका समस्याको हल हुनुपर्छ ।”

द्वन्द्व पीडितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै उनले सही व्यवस्थापनका लागि ठोस नीति निर्माणको प्रक्रियामा रहेको जानकारी गराए ।

भ्रष्टाचारप्रतिको सुन्य सहनशिलतामा सरकार प्रतिवद्ध रहेको भन्दै उनले सुशासनका विषयमा दृढ रहेको बताए । ठेक्का लिएर पनि काम पुरा नगर्ने ठेकेदारहरुले कानुनको उलंघन गरेको भन्दै उनले कसैलाई पनि सरकारले छुट नदिने स्पष्ट पारे

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);