कैलाश मानसरोबरमा अलपत्र तीर्थयात्रीलाई नेपालगञ्ज ल्याउन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कैलाश मानसरोबरमा अलपत्र तीर्थयात्रीलाई नेपालगञ्ज ल्याउन सुरु

kailash mansarobar

काठमाडौं, २० असार । कैलाश मानसरोबरमा अलपत्र परेका भारतीय तीर्थयात्रीलाई नेपालगञ्ज ल्याउन सुरु गरिएको छ । वर्षाका कारण उडान अवरुद्ध हुँदा हुम्लाको सिमिकोट विमानस्थल र नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका भारतीय तीर्थयात्रीलाई नेपालगञ्ज ल्याउन सुरु गरिएको हो ।

जहाजको उडान नियमित भएपछि हुम्लाको सिमिकोट र हिल्सा क्षेत्रबाट तीर्थयात्रुलाई ल्याउन थालिएको नेपालगन्ज नगरिक उड्डयन र्कायलायका उपप्रमुख सोहनराज जोशीले जानकारी दिए। मंगलबार तीनवटा उडानबाट र बुधबार बिहानैदेखि भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउने क्रम जारी रहेको उपप्रमुख जोशीले बताए।

नेपाल—तिब्बत सीमा क्षेत्रमा रहेकालाई हेलिकप्टरबाट हुम्लासम्म र हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज ल्याइएको हो । हुम्लामा करिब ५ सय तीर्थयात्रु रहेकोमा अहिलेसम्म २ सय जनालाई नेपालगञ्ज ल्याइएको छ । झण्डै १ हजार ६ सय भारतीय तीर्थयात्री बार्षाका कारण अलपत्र परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);