नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैतसम्ममा बनिसक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैतसम्ममा बनिसक्ने

नेपालगञ्ज । आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रुपमा सुरक्षित राख्न नेपालगन्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो ।

साउन २०७८ मा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर २४ असोजमा निर्माण सम्पन्न भइसक्नु पर्नेमा त्यसो हुन सकेन । निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ्ग सेन्टर निर्माण कार्य पछिल्लो पटक सन्तोषजनक रुपमा अघि बढेकाले चाँडै निर्माण सम्पन्न हुने बताए । उनका अनुुसार आउँदो चैत्रसम्म निर्माण कार्य सम्पन्न हुनेछ ।

कोभिड–१९ संक्रमण व्यवस्थापन गर्न यो होल्डिङ सेन्टर निर्माण सुरु भएको थियो । कोभिड संक्रमितहरूलाई सुरक्षित तरिकाले उपचार गर्न र समुदाय स्तरसम्म संक्रमितहरू सोझै नपुगून् भनेर होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो । यद्यपि बाढी तथा डुवान, प्राकृतिक विपदका बेला यो सेन्टर प्रयोगमा ल्याउन सकिने प्रजिअ खत्रीले जनाए । 

नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले होल्डिङ सेन्टरका ३०० बेड सञ्चालनका लागि तयारी अवस्थामा रहेका बताए । 

नेपाल भारत सीमावर्ती रुपैडीया–जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरूलाई मध्यनजर गरी यो सेन्टर स्थापना गरिएको छ । पछिल्लो अवधिमा नेपालगञ्ज आसपास र बाँकेमा कोभिड–१९  परीक्षण गर्दा करिव ७० प्रतिशतलाई संक्रमण भएको अवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);