पूर्वाधार अभावमा अझै सञ्चालनमा आएन रामधुनी नगरको आइसोलेशन सेन्टर | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पूर्वाधार अभावमा अझै सञ्चालनमा आएन रामधुनी नगरको आइसोलेशन सेन्टर

बिनोद आचार्य,
सुनसरी । नेपालमा भयावह बनेको कोरोनाको दोश्रो लहरसँग जुध्नका लागि स्थानीय सरकारहरुले पनि विभिन्न पहलहरु गर्दै आएका छन् ।

होल्डिङ सेन्टर, आईसोलेशन सेन्टर सञ्चालन लगायत कतिले त घर दैलो मै पुगी स्वास्थ्य चेकजाँच अभियान समेत थालेका छन् । कोरोनाले यस्तो भयावह रुप लिईसक्दा पनि सुनसरीको रामधुनी नगरपालिका भने पर्याप्त चासो नदिएको स्थानीयको आरोप छ ।

सुनसरीमा संक्रमण भयावहको बन्दै गर्दा रामधुनीमा १० नाम मात्रको १० शैय्याको आईसोलेशन निर्माण गरिएको छ ।

जिल्ला कोरोना संकट व्यावस्थापन केन्द्र डीसीसीएमसीको बैठकले सुनसरीका सबै पालिकालाई आईसोलेशन तयार पार्न माहमारी सुरु हुने बितिकै निर्देशन गरेको थियो । यसै निर्देशन पश्चात सुनसरीका सबै पालिकाले तयार पारे पनि रामधुनीमा भने हाल सम्म १० बेडको मात्र आइसोलेशन तयारी भएको छ जुन अझ पनि सञ्चालनमा आउन सकेको छैन ।

आइसोलेशन सञ्चालन गर्दा २४ घण्टा बिरामीको निग्रानी गर्ने स्वास्थ्यकर्मीको आवश्यक पर्ने भएकाले रामधुनी ५ मा रहेको स्वास्थ्य चौकीलाई २४ घण्टा सेवा प्रवाह गर्न बारम्बार नगरलाई आग्रह गर्दा पनि चासो नदेखाएको रामधुनी न पा कोभिड १९ रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिका संयोजक डेगराज फुयालले जानकारी दिए ।

पूर्वको अस्पतालहरुमा हाल पनि बेड अभावको अवस्था रहेको छ । भोलिका दिनमा बेड नपाएका स्थानीयलाइ यसै स्थानमा राखी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले आइसोलेशन सेन्टरलाई आवश्यक पूर्वाधार सहित सञ्चालनमा ल्याउनुपर्ने रामधुनी नगर स्वास्थ्य संयोजक समिम अन्सारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);