आइसोलेसन भवनमा कमसल सामाग्रीको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइसोलेसन भवनमा कमसल सामाग्रीको प्रयोग

kharab itta

पुष्कर भट्ट

कञ्चनपुर, १२ वैशाख । कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर खरिद प्रकरण सेलाउन नपाउँदै फेरि आईसोलेशन भवनमा  गुणस्तहीन इँटा प्रयोग भएको भेटिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पतालमा १ करोड लागतमा निर्माण गर्न लागेको आइशोलेसन भवनमा गुणस्तरहीन इट्टा प्रयोग भएको भेटिएको हो ।

सुदूरपश्चिम प्रदेश, समाजिक विकास मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालमा १ करोड लागतमा ५० सैयाको आईसोलेशन भवन निर्माण गर्न लागेको छ । आईसोलेशन भवन निर्माणका लागि दिपिन विल्डर्स प्रालिले ठेक्का पाएको थियो । ७ बैशाखमा महाकाली अस्पताल र कम्पनीबीच भवन निर्माणका लागि कुल ९२ लाख, ४३ हजार ५ सयमा सम्झौता भएको छ । सम्झौता अनुरुप निर्माण कम्पनीले ८ बैशाखदेखि नै निर्माणको काम शुरु गरेको छ । तर, आईसोलेशन भवन निर्माणमा गुणस्तहीन इट्टा प्रयोग भएको भेटिएको छ ।

भवनकै मुल जगमा अब्बल इट्टा प्रयोग हुनुपर्नेमा द्वयम इँटा प्रयोग भएको छ । गुणस्तरहीन सामाग्री प्रयोग नगर्न अस्पताल प्रशासनले निर्माण कम्पनीलाई जानकारी दिइएको बताएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सम्झौता भएको दोस्रो दिनदेखि नै निर्माण कम्पनीले द्वयमईटा प्रयोग गरिरहेको बताउनु भयो ।

यता, दिपिन विल्डर्स प्रालिले भने आफुहरुले जानी जानी द्वयम इट्टा नल्याएको जनाएको छ । कम्पनीका सञ्चालक दिपिन कार्कीले लकडाउनको समयमा राति ल्याईएका २५ हजार इँटा मध्ये केही इट्टा मात्रै द्वयम भएको स्विकार्नु भएको छ ।

एक महिनाभित्रै भवन निर्माण गरिसक्नुपर्ने हुन्छ । छिटो निर्माण गर्न पर्ने बाहानामा गुणस्तरहीन् सामाग्री प्रयोग गर्नु गलत छ । निर्माणमा हुन सक्ने बदमासीलाई रोक्न जिम्मेवार निकाय चनाखो हुन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);