अक्जिनको अभावले थला परेको महाकाली अस्पताललाई जिवित बनाउँदै निजी क्षेत्र | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अक्जिनको अभावले थला परेको महाकाली अस्पताललाई जिवित बनाउँदै निजी क्षेत्र

पुष्कर भट्ट,
कञ्चनपुर । भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिन थालेपछि महाकाली अस्पतालमा आइसोलेसन अभाव संगै संक्रमितहरू अक्सिजन अभावले छटपटाइरहेका बेला कञ्चनपुरका जनप्रतिनिधि, युवा व्यवसायी र संचारकर्मीको व्यक्तिगत पहलमा महाकाली अस्पतालमा अक्सिजन आपूर्ति गरिरहेका छन ।

पछिल्लो समय जिल्लामा कोरोना महामारी विकराल हुँदै दैनिक सरदर ५ देखि ८ जना संक्रमितको मृत्यु भईरहेको छ ।

त्यसैमा अहिले आएर थेग्नै नसकिने गरी संक्रमित थपिएपछि आईसियु र अक्सिजनको चरम अभाव झेल्दै छ महाकाली अस्पताल । यतिबेला प्रदेश र संघीय माननीयहरुले महाकाली अस्पतालमा अक्सिजन आपूर्तिका लागि कुलै पहल नगरे पनि महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव भैइरहेको बेला केही मनकारीहरुले भने अस्पतालमा अक्सिजन तथा सिलिण्डर सहयोग गर्न थालेका छन ।

यसैक्रममा भीमदत्त नगरपालिका– १ का वडाअध्यक्ष आसेफ कुवर (भुन्टु) ले महाकाली अस्पताललाई ५० सिलिण्डर अक्सिजन सहयोग गरेका छन् । पछिल्लो समय महाकाली अस्पतालमा कोभिड संक्रमितहरुले अक्सिजनको अभावमा अकालमै मृत्यु बरण गर्न बाध्य भएको अवस्थामा उनको यो सहयोगले केही हदसम्म भएपनि राहत मिलेको छ ।

केही दिन अघि स्वास्थ्य परीक्षण गर्न महाकाली अस्पताल पुगे कञ्चनपुरकै युवा व्यवसायी दिनेश मल्लले पनि ३ सय ५० सिलिण्डर उपलब्ध गराएका छन् । अस्पतालको प्रांगणमा अक्सिजनको पर्खाइमा मान्छेहरू बसिरहेका र अक्सिजन अभावमा छटपटाइरहेको अवस्थामा बसेका बिरामीलाई यसले उपचार पाउनमा सहयोग गर्ने विश्वास गरिएको छ ।

यसै गरी कञ्चनपुर उद्योग वाणिज्य संघले पनि अहिले अवस्था नाजुक रहेको महाकाली अस्पतालमा दैनिक ५० अक्सिजन सिलिण्डर रिफिल गर्ने ७ दिनको सम्झौता अनुसार उद्योग वाणिज्य संघले अस्पतालमा अक्सिजन सिलिण्डर रिफिल गरिरहेको उद्योग वाणिज्य संघका सदस्य तेज ब. चन्दले बताए ।

अक्सिजनको अभावले कुनै पनि नागरिकको अकालमै ज्यान गुमाउन नपरोस निशुल्क रुपमै दैनिक नेपालगञ्जबाट अक्सिजन भरी महाकाली अस्पताललाइ उपलब्ध गराउने गरिएको छ ।

एक सातासम्म ३ सय ५० सिलिन्डर अक्सिजन अस्पताललाई उपलव्ध गराउन समुह बनाएर अभियान जारी राख्ने गरिएको भएपनि खाली सिलिन्डर अभावले दैनिक ४०–५० थान मात्रै अस्पताललाई दिन सकिएको सहयोगी युवाहरुले बताएका छन् ।

नेपालगञ्जबाट अस्पताल पु-याउँदासम्म ढुवानीसहित प्रतिसिलिण्डर १३ देखि १४ सयसम्म लागत लाग्छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले युवा व्यवसायीको सहयोगले अस्पताललाई ठूलो राहत भएको बताए । ‘अक्सिजनको हाहाकार भएको अवस्थामा युवा व्यवसायीको सहयोग अतुलनीय रहेको भन्दै अक्सिजन सहयोग नगरेको भए अवस्था भयावह हुने बताएका छन् ।

कञ्चनपुरमा .महामारीले उग्ररुप लिई दैनिक नागरिक हताहत हुँदा समेत स्थानिय , प्रदेश तथा केन्द्र सरकारले कोरोना रोकथामकालागि खासै कुनै ठोस पहल नगरेको भन्दै यहाँका जनता भने निराश भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);