महाकाली अस्पतालमा अक्सिजन अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महाकाली अस्पतालमा अक्सिजन अभाव

पुस्कर भट्ट,
कञ्चनपुर । कोरोना संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध सैयाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका संक्रमित बढ्न थालेका छन् ।

महाकाली अस्पताल व्यवस्थापन समितीका अधक्ष्य कृष्ण दत्त जोशी (बोक्सर) ले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए । उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यता अनुसार अक्सिजन दिन नसकेको बताए ।

आवश्यकता अनुसार आपूर्ति हुन नसकेपछि बाहिरबाट पनि अक्सिजन मगाएको अधक्ष्य जोशीले बताए । संक्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ । पचास शैययाको कोरोना अस्पताल पनि संक्रमितले भरिभराउ छ । महाकाली अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भईरहेको जोशीले बताए ।

अस्पतालमा उपचारका लागि आएका संक्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेश सरकारले यहाँ सघन कक्ष सुविधा बढाउने गृहकार्य गरिरहेको बताए । प्रक्रियागत अल्झनका कारण महामारीका बेला स्रोतसाधन खरिद गर्न समय लाग्ने गरेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);