मास्क नलगाउने १ सय ८३ जनालाई कारर्वाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मास्क नलगाउने १ सय ८३ जनालाई कारर्वाही

बारा । जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाउने १ सय ८३ जनालाई कारर्वाही गरेको छ ।

कारर्वाही स्वरुप प्रति व्यक्ति १०० रुपैया जरिवाना तिर्न लगाईएको जिल्ला प्रहरी कार्यालय बारले जनाएको छ । कोरोना माहामारीको समयमा बेवास्ता गर्दै सडकमा हिडडुल गर्नेे सर्वसाधारणलाई बारा प्रहरीले सचेत गराउनेदेखि जरिवाना तिराउनेसम्मको काम गर्दै आएको छ ।

पहिलो चरणमा ५ गतेदेखि ७ गतेसम्म माईकिङ गराएर सर्वसाधाराणलाई सचेत गराएको थियो । आजसम्म प्रहरीले १० हजार ९ सय ३४ जनालाई सम्झाई बुझाई पठाएको छ ।

प्रहरीले हालसम्म ७ हजार ७ सय १४ वटा सर्जिकल मास्क पनि वितरण गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारि दिएका छन् । हालसम्म बारामा १ सय ५५ जनामा कोरोना पोजेटिभ रहेको छ भने ३ जनाको मुत्यु भई सकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);