प्रहरीलाई सय रुपैंया फाल्दा, हजार रुपैंया जरीवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रहरीलाई सय रुपैंया फाल्दा, हजार रुपैंया जरीवाना

सिन्धुली, ९ भदौ । सिन्धुली–विपि राजमार्ग अन्र्तगत पर्ने कमलामाई नगरपालिका–९ भिमानमा डिउटीमा खटिएका प्रहरीलाई एक सय रुपैंया फ्याकेर हिँडेको गाडीलाई नियन्त्रणमा लिइएको छ । सर्लाहीबाट काभ्रे पनौती तर्फ जादै गरेको बा २१ च ३९९८ नम्बरको गाडीलाई सोमबार सिन्धुलीमाढीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने÷पार्ने खोज्नेलाई जिल्ला प्रहरी कार्यालयले कारर्वाही गदै आएको छ । तीन वटा दुध दिने भैंसी बोकेको गाडीले इलाका प्रहरी कार्यालय भिमानको चेक पोष्टमा खटिएका प्रहरी जवान दिपक भण्डारीलाई नगद सय रुपैंया फालेर गाडी हिडेकोे जिल्ला प्रहरी कार्यालयलाई जानकारी भयो ।

प्रहरी नायव उरीक्षक श्यामबहादुर खत्रीले भन्नुभयो,‘उक्त गाडीलाई नियन्त्रणमा लिई प्रहरीलाई कुनै किसिमको आर्थिक प्रलोभनमा नपार्ने र नदेखाउने सर्तमा प्रहरीलाई फ्याकेको सय रुपैयाँ फिर्ता गरेर हजार रुपैँया ट्राफिक जरिवाना तिराएर पठायौँ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर क्षेत्रीले पनि प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियम अनुसार एक हजार रुपैंया जरिवाना गराएर छोडिएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);