नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच उठाउन खोज्ने युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच उठाउन खोज्ने युवक पक्राउ

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच उठाउन खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम घर भई काठमाडौंको म्हैपी बस्ने २५ वर्षीय खिमबहादुर घर्ती रहेका छन् ।

शुक्रबार दिउँसो संग्रहालय अवलोकन गर्न पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच उठाउन खोजेपछि सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।   

काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी नियन्त्रणमा रहेका घर्तीमाथि आवश्यक अनुसन्धान भइरहेको बताए । सिंहका अनुसार प्रारम्भिक बयानमा राजा बन्न मन लागेर श्रीपेच उठाउन खोजेको घर्तीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);