संग्रहालय विभागको मातहतमा, असोजबाटै श्रीपेच खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संग्रहालय विभागको मातहतमा, असोजबाटै श्रीपेच खुला

shripeach

काठमाडौं, ३ असोज । संग्रहालय खुलेको एक दशक पछि नारायणहिटी दरबार संग्रहालय पुरातत्व विभागको मातहतमा आएको छ ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेका थिए । त्यस लगत्तै २०६५ फागुन १५ देखि नारायणहिटी सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्रहालय विकास समितिको नामबाट संचालन हुदै आएको संग्रहालयले विकासको गति लिन नसकेपछि मन्त्रिपरिषदको बैठकले विभागको मातहतमा राख्ने निर्णय गरेको हो ।

सो निर्णयसंगै विभागले संग्रहालयको गुरु योजना निर्माण गर्न शुरु गरेको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले संग्रहालयलाई थप व्यवस्थित र आकर्षित बनाउने बताए । समाचारमा उल्लेख भएअनुसार, असोज महिनाबाटै श्रीपेच सर्वसाधारणका लागि खुला गरिने छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);