नारायणहिटी दरबार संग्रहालय आकर्षणको केन्द्र बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नारायणहिटी दरबार संग्रहालय आकर्षणको केन्द्र बन्दै

narayanhiti

फूलमाया आले
काठमाडौं, ६ बैशाख
। नारायणहिटी दरबार संग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबारलाई संग्राहलय बनाएसँगै सर्वसाधारणको लागि खुला गरिएको थियो । ९ वर्षको अवधिमा २७ लाख भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले नारायणहिटी दरबारको अवलोकन गरेका छन् ।

नारायणहिटी दरबार संग्रालय त्यही दरबार हो जहाँ विक्रम सम्वत् २०५८ जेठ १९ गते राजा विरेन्द्र शाहको वंशनास हुने गरी हत्याकाण्ड भएको थियो । दरबार हत्याकाण्डको रहस्य अझै खुल्न नसकेपनि २०६५ साल देखि सर्वसाधारणको लागि दरबारको ढोका खुला गरिएको थियो । त्यसपछिका हालसम्म २७ लाख भन्दा बढीले नारायणहिटी दरबार संग्रालयको अवलोकन गरेका छन् ।

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले गद्दित्याग गर्नुअघि मुलुकको शासन सञ्चालन गर्ने मुख्य केन्द्रको रुपमा रहेको दरबारको विषयमा आम नागरिकलाई कैतुहलता थियो । दरबारलाई संग्रालयमा परिणत गरी सर्वसाधारणको लागि खुला गरिएसँगै केही कहुतुलता त मेटिएको छ । तर, पनि दरबारसँग जोडिएका कतिपय विषय अझै रहस्यमयी छ । २०६५ साल फागुन १६ गतेदेखि २०७४ चैत्र मसान्तसम्ममा २७ लाख ३१ हजार ४ सय ८५ स्वदेशी तथा विदेशी पर्यटकले संग्र्रहालय अवलोकन गरेका छन् । जसबाट २३ करोड २४ लाख ५१ हजार ५ सय ५ रुपैंया आम्दानी भएको छ ।

राजतन्त्रको इतिहास, राजपरिवारका जीवनशैली र अन्य कौतुहलता पनि भएकाले अवलोककर्ताहरु देशविदेशबाट नारायणहिटी दरबार पुग्छन् । संग्रहालय अवलोकनका लागि हालसम्म सार्क राष्ट्रबाट १ लाख ५५ हजार जना र अन्य देशबाट ६५ लाख ३ सय ८ जना आएका छन् । संग्राहलय अवलोकनका लागि स्वदेशी पर्यटकको आवागम बढी भए पनि त्यसको तुलनमा विदेशी पर्यटक कमै मात्र आउनेगरेको संग्राहलय व्यवस्थापनको भनाइ छ ।

नारायणहिटी दरबारभित्र स्वर्गीय श्री ५ त्रिभुवन शाहले निर्माण गर्न लगाएको त्रिभुवन सदनभित्र विक्रम सम्वत् २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार नीराजनलगायत राजपरिवारका सदस्यहरुको निधन भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);