त्रिभुवन विमानस्थलबाट ६० तोला सुनसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

त्रिभुवन विमानस्थलबाट ६० तोला सुनसहित भारतीय नागरिक पक्राउ

gold-baramad

काठमाडौं, ६ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ठूलो परिमाणमा सुन बरामद गरिएको छ । फ्लाई दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक भारतीय नागरिकको साथबाट प्रहरीले करिब ६० तोला सुन बरामद गरेको हो ।

भन्सार जाँचपछिको स्थानबाट उनीहरुलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भन्सारका कर्मचारीले भने ६० तोला सुन तस्करी भइरहँदा पनि थाहा पाएनन् । सुन तस्करीमा अरु पनि संलग्न भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । गत वर्ष पनि विमानस्थलबाट करिब ३३ किलो सुन बरामद गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);