नक्कली सुन देखाएर लाखौं ठगी गर्ने २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नक्कली सुन देखाएर लाखौं ठगी गर्ने २ जना पक्राउ

gold-pakrau

काठमाडौं, ६ बैशाख । काठमाडौंको नागर्जुनमा नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई हाल भक्तपुर सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान रहेका छन् ।

सोही घटनामा संलग्न झापाका कर्ण लिम्बुको भने खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । बिहीबार पत्रकार सम्मेलन गरी उनले काभ्रे बनेपा घर भई हाल भक्तपुर सूर्य विनायक बस्ने राजेन्द्र थापाले आफू ठगिएको भन्दै दिएको उजुरीका आधारमा उनीहरु पक्राउ परेको पनि बताए ।

१ केजी सुनजस्तो देखिने धातुलाई सुन हो भनि भ्रममा पारी थापासँग उनीहरुले २८ लाख ६० हजार ठगी गरेका थिए । पक्राउ परेका तामाङ र मोक्तानलाई ठगी मुद्दा अन्तरगत कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);