नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने एक जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने एक जना पक्राउ 

काठमाडौं। नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउृ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अुसार नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरेका थिए । उनकले नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गरेर उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटकपटक रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई वीरगन्ज महानगरपालिका८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);