पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ 

काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।

उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।  अनुसन्धानका क्रममा रोजित श्रेष्ठले पीडितहरुलाई उपलब्ध गराएको हवाई टिकट र भिसा समेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);