नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोहमा संलग्न दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोहमा संलग्न दुई जना पक्राउ

बारा, ९ साउन । ईलाका प्रहरी कार्यालय सिमरा बाराले नक्कली सवारी चालक अनुमती पत्र (स्मार्ट लाईसेन्स) बनाउने गिरोहमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ का ३१ वर्षीय दिपक अर्याल र बीरगन्ज महानगरपालिका १४ का ४७ वर्षीय दिपक ठाकुर रहेका छन् ।

उनीहरु विरुद्ध नक्कली लाईसेन्स बनाएर ठगी गर्ने गरेको उजुरी परे पछि प्रहरीले अर्याललाई जीतपुरबाट पक्राउ गरेको हो । प्रहरीले अर्यालको साथबाट आठ थान नक्कली स्मार्ट कार्ड लाइसेन्स र लाइसेन्स लिन बुझाएको दुई थान रसिद भर्पाई समेत बरामद गरेको छ ।

अर्याल पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ठाकुरलाई बीरगन्जबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अर्यालले जीतपुर आसपासका दर्जनौँ स्थानीयसँग रकम लिएर नक्कली लाईसेन्स दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए ।

अर्यालले हेभी लाईसेन्स बनाई दिने भन्दै ५० हजार र लाईट लाईसेन्स बनाई दिने भन्दै दसदेखि बीस हजार दरले रकम असुल्ने गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनालाई सरकारी लिखत दस्तखत किर्ते मुद्दा चलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । प्रहरीले ठाकुर र अर्यालको बयानका आधारमा गिरोहमा संलग्न रहेकाहरुको खोजी कार्य समेत तिब्र बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);