उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी

उदयपुर, ९ साउन । उदयपुरको बाढीपहिरो प्रभावित लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा प्रदेश सरकारले बिहीबार हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको छ ।

बाढीपहिरोका कारण सडक क्षतिग्रस्त हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएकोले हेलीकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो । तर लिम्चुङबुङ गाउँपालिकामा हेलिकोप्टर अवतरण गर्न नसकिएपछि त्यहाँका लागि लगिएको सामग्री समेत ताप्ली गाउँपालिकामा लगेर अवतरण गरिएको छ ।

प्रदेश नम्बर १ सरकारले वीराटनगरबाट नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरेको हो । प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयअनुसार दुबै गाउँपालिकामा बिहीबारदेखि खाद्यान्न ढुवानी सुरु गरिएको हो ।

प्रदेश सरकारले दुबै ठाउँमा गरी सात सय क्विन्टल चामल, ७० क्विन्टल दाल, ७० क्विन्टल नुन, सात हजार लिटर खाने तेल उपलब्ध गराउने निर्णय गरेको छ । सामग्री ढुवानीका लागि हेलिकप्टरको व्यवस्था मिलाउन प्रदेशले संघिय सरकारको गृहमन्त्रालयलाई अनुरोध गरे अनुसार गृह मन्त्रालयले हेलिकप्टर पठाएको हो ।

चामल आठ हजार १० केजी, नुन पाँच सय केजी, रहरको दाल एक हजार नौ सय ९५ केजी र खाने तेल पाँच सय लिटर ढुवानी गरिएको छ । लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा अवतरण गर्ने र खाद्यान्न लैजाने व्यवस्था मिलाइएपनि खराब मौसमका कारण लिम्चुङबुङका लागि लगिएको सामग्री समेत ताप्लीमा झार्नु परेको हो ।

प्रदेश सांसद विमल कार्कीले जानकारी दिए । खाद्यान्न लिएर प्रदेश सरकारको तर्फबाट उदयपुरका प्रदेस सांसद नारायण बुर्जा मगर, विमल कार्की, मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापा र लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई गएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);