बाढीपहिरो पीडित पहिचान गर्न नसक्दा हेलिकप्टरबाट ओसारेको राहत गोदाममै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाढीपहिरो पीडित पहिचान गर्न नसक्दा हेलिकप्टरबाट ओसारेको राहत गोदाममै

rahat bitaran ek dwar pranali

काठमाडौं, १५ साउन । प्रदेश १ सरकारले ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका बाढीपहिरो पीडितका लागि हेलिकप्टरमार्फत पठाएको राहत सामग्री गोदामै थन्किएका छन् । पीडित पहिचान हुन नसक्दा राहत उपयोग हुन नसकेको हो ।

असार अन्तिमको वर्षासँगै आएको बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्ली र लिम्चुङबुङमा खाद्यान्न अभाव भएको थियो । ढुवानीको उपाय थिएन । प्रदेश सरकारले राहतका लागि दाल, चामल, नुन र तेल पठाएको थियो । पीडित भोकै परेको भन्दै स्थानीय सरकारको आग्रहमा प्रदेश सरकारले सामानपठाएको थियो ।

गत बिहीबार र शुक्रबार संघीय सरकारले उपलब्ध गराएको हेलिकप्टरमार्फत प्रदेश सरकारले राहत पठाएको थियो । तर खाद्यान्न पुगेको ५ दिन बितिसक्दा पनि वितरण हुन सकेको छैन । राहत नपाउँदा पीडित भोकभोकै बस्नुपरेको छ । ‘गाउँपालिकाले समयमै राहत उपलब्ध नगराउँदा पीडित भोकै बस्न बाध्य छन्,’ लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा टेकनपुरका ६३ वर्षीय जसबहादुर खत्रीले भने, ‘घरबाहिरविहीन भएकाहरू अर्काको घरमा आश्रय लिएर बसेका छन् ।’

राहत आएको भनिए पनि पीडितले पाउन नसकेको उनले बताए । प्रदेश सरकारले ताप्लीका लागि ३ हजार ९ सय किलो चामल, ५ सय ७० किलो दाल, २ सय ५० किलो नुन र तेल २ सय ५० लिटर पठाएको थियो । लिम्चुङबुङका ४ हजार १ सय १० किलो चामल, २ सय ५० किलो दाल, १ सय ५० किलो नुन र तेल १ सय ३० लिटर पठाएको विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिका प्रवक्तासमेत रहेका लिम्चुङबुङ ५ का वडाध्यक्ष केशर खड्काले बताए ।

‘पूरै राहत (दाल, चामल, नुन र तेल) आएको छैन, आएको राहतभन्दा माग्नेको संख्या धेरै भयो,’ खड्काले भने, ‘त्यसैले गाउँपालिकाभरि अनुगमन गरेर मात्रै वास्तविक पीडितलाई राहत उपलब्ध गराउने योजना छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);