लकडाउनका कारण समस्यामा परेकालाई घरमै राहत | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

लकडाउनका कारण समस्यामा परेकालाई घरमै राहत

pradesh 2 sarkar

जनकपुरधाम, ७ वैशाख । कोराना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई प्रदेश २ सरकारले घरमै राहत पुर्याउने निर्णय गरेको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।

पहिलो चरणमा स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याइएको थियो । तर कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासो आएपछि प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्याउने निर्णय गरेको हो ।

स्थानीय तहले बुझाएको पीडित परिवारहरुको सूचीका आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरेर वडालाई जिम्मा लगाउने र वडाले २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रदेश सरकारको निर्णय छ ।

स्थानीय तहले बुझाएका सूचीमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरी वास्तविक पीडितको पहिचान गरिने प्रदेश २ सरकारले जनाएको छ ।

यसैगरी प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । त्यसैगरी कोरोना विरामीहरुको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);