किसानको चार महिनाको व्याज तिर्ने प्रदेश २ सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

किसानको चार महिनाको व्याज तिर्ने प्रदेश २ सरकारको निर्णय

pradesh 2 sarkar

जनकपुरधाम, २८ चैत । प्रदेश २ सरकारले कोरोना महामारी रोक्न गरिएको लकडाउनका कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय गरेको छ ।

शुक्रबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो ।

यस्तै, दूध, फलफूल, तरकारी, कुखुरा तथा माछापालक किसानलाई थप राहत दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ।यसैगरी कोरोना रोकथाम तथा उपचारमा खटिने क्रममा स्वास्थ्यकर्मीको मृत्यु भएको खण्डमा परिवारलाई ५० लाख रुपैयाँ राहत दिने घोषणा पनि प्रदेश २ सरकारले गरेको छ ।

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारी कसैको मृत्यु भएमा उक्त रकम प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);