प्रदेश १ फ्रन्टलाईनमा खटिएका कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णयः मन्त्री उषाकला राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रदेश १ फ्रन्टलाईनमा खटिएका कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णयः मन्त्री उषाकला राई

विराटनगर। प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले खटाएका फ्रन्टलाइनरलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्री उषाकला राईका अनुसार कोरोना महामारीमा खटिएका फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख रुपैयाँ राहत दिने निर्णय पनि भएको बताएकी छिन ।
प्रदेश सरकार मार्फत कोरोना संक्रमितको पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी र कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएमा परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको उनले बताइन ।

बैठकले फ्रन्टलाइनरलाई संक्रमण पुष्टि भए उपचार खर्च व्योहोर्ने निर्णय गरेको छ । कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभए प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिनमा राख्ने पनि निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);