गंगामायाले तोडिन १३७ दिनमा अनशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गंगामायाले तोडिन १३७ दिनमा अनशन


काठमाडौँ । तात्कालीन जनयूद्धको समयमा छोराको हत्यामा संलग्न हत्यारालाई कारबाहीको माग गर्दै १३७ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीले बुधबार अनशन तोडेकी छिन्।कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञामा न्याय दिने निकाय पनि बन्द रहेकाले गंगा मायाले अनशन तोडेकी हुन ।

उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, “कोभिड–१९ बाट नेपाली दाजुभाइ, दिदीबहिनी बचाउन सम्पूर्ण राज्य संयन्त्रहरू लागिपरेको अवस्थामा मैले आमरण अनशनको माध्यमबाट म समेत संलग्न द्वन्द्वपीडितहरूको न्यायको लागि लडिरहँदा न्याय नपाउने अवस्था रहेकाले मैले आफ्नो अनशन आजको मितिमा निलम्बन गर्ने निर्णय गरेको कुरा सबैलाई अनुरोध गर्दछु।”

कोरोनाका कारण अनशन तोडे पनि न्यायप्राप्तिको लडाइँ जारी रहने उनले बताएकी छिन्। उनी पुस ६ गते देखि आमरण अनशनमा बसेकी थिइन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);