भिम अस्पतालका स्वास्थ्यकर्मिद्धारा आमरण अनशन : मेसु गुप्ताको सरुवाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भिम अस्पतालका स्वास्थ्यकर्मिद्धारा आमरण अनशन : मेसु गुप्ताको सरुवाको माग

बिमल क्षेत्री,

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको भिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि अस्पतालकी मेडिकल सुपरिटेण्डेन्टको सरुवाको माग गर्दै आमरण अनशनमा बसेको छन् ।

उनीहरुले भिम अस्पतालका कर्मचारी माथि भईरहेका अत्याचार, अन्याय, र निरंकुशताको बिरोधमा ३ सुत्रिय माग राख्दै अस्पताका अहेब गोपाल उपाध्यायले आमरण अनशन सुरु गरेका हुन् ।

उनीहरुले अस्पतालकी मेसु. डाक्टर शकुन्तला गुप्ताले अस्पतालमा निरंकुशता देखाएकोले उनको तत्काल सरुवा गरिनु पर्ने, अस्पतालमा कार्यरत कर्मचारी र अस्पताल बिकास तर्फका अस्थायी कर्मचारी बिच असमान तलब र कोभिडमा खटिएका कर्मचारीहरुलाई स–सम्मान उनिहरुले पाउनु पर्ने कोभिड भत्ता भुक्तानीको माग राख्दै अस्पतालमा उपाध्यायले अनसन गरेका हुन् ।

उनीसंगै अस्पतालका शशिकान्त उपाध्याय लगायत अस्थायी कर्मचारीले पनि अनशनमा साथ दिएका छन् । तर अस्पताल ब्यवस्थापन समितिले भने कर्मचारीले मनोमानी गर्न खोजेको आरोप लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);