डा. केसीको जीवन रक्षाको माग गर्दे चिकित्सकसंघद्वारा रिले अनशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा. केसीको जीवन रक्षाको माग गर्दे चिकित्सकसंघद्वारा रिले अनशन

relay ansan-govinda kc

काठमाडौं, १४ माघ । आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगंजस्थित शिक्षण अस्पताल हाता भित्रै रहेको गणेशमान भवनमा आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै सोही स्थानमा नेपाल चिकित्सक संघको आब्हानमा चिकित्सकहरुले सोमबारबाट रिले अनसन सुरु गरेका हुन ।

वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सरकारलाई पहल गर्न दवाव दिन रिले अनसन सुरु गरिएको आवासीय चिकित्सकहरुले बताएका छन । उनीहरुले डाक्टर केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा छोडेर आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले उपत्यकाका चिकित्सकले शिक्षण अस्पतालमा र बाहिर रहेका चिकित्सकहरुले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयहरुमा रिले अनसन सुरु गरेको जानकारी दिए ।

रिले अनसन सुरु गरेपनि अस्पतालको ओपीडी सेवाभने अवरोध नगर्ने चिकित्सकहरुको भनाई छ । तर डाक्टर केसीको माग सुनुवाई सरकारले तत्काल नगरे उहाँको जीवन रक्षाका लागि अस्पतालको सबै सेवा ठप्प पार्न बाध्य हुने अवस्था आउने संघका अध्यक्ष श्रेष्ठको चेतावनी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);