राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा बिधेयक स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा बिधेयक स्वीकृत

rastriya sabha baithak

काठमाडौं, १४ माघ । कांग्रेस सांसदहरुको विरोधका बीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतका आधारमा पारित गरिएको छ ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले कांग्रेस सांसदहरुको बिरोधका बावजुद उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा राख्नु भएको थियो । बिधेयक पारित भएसँगै सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउनका लागि ७२ घण्टाको समय दिइएको छ । कांग्रेसका सांसदहरुको विरोधका कारण १५ मिनेट स्थगित भएको राष्ट्रिय सभाको बैठक पुन सुरु भएसँगै अध्यक्ष गणेश तिमल्सिनाको आदेश अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जानकारीसहित टेबुल गरिएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना गर्ने भनिएका दुई अस्पतालहरुका बारे मन्त्रिपरिषदबाटै निर्णय नभएसम्म संसद चल्न निदने अडान राखेका थिए । राष्ट्रिय सभाको आगामी बैठक माघ १७ गतेका लागि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);