चीनद्वारा बिस्तार गरिएको कोटेश्वर कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चीनद्वारा बिस्तार गरिएको कोटेश्वर कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण

sadak hastataran

काठमाडौं, १४ माघ । चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सोमबार आयोजित एक समारोहकाबीच नेपालका लागि चीनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेका छन् ।

चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो । करिव ५ अर्व अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पुर्याउँदै आएको सहयोगको पनि प्रधानमन्त्री ओलीले प्रशंशा गरे ।

उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको उल्लेख गरे । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताएका थिए । काठमाडौंको २७ किलोमिटर लम्बाई रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);