फोरजी सेवा विस्तारमा नेपाल टेलिकमको चलखेल हुनसक्छ : सांसद | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

फोरजी सेवा विस्तारमा नेपाल टेलिकमको चलखेल हुनसक्छ : सांसद

4G sewa

अप्सरा गौतम
काठमाडौं, १४ माघ । फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर प्रक्रियामा आर्थिक चलखेल भएको हुनसक्ने भन्दै सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले असन्तुष्टि जनाएका छन् । सासंदहरुले ४ अर्वमा सकिने कामलाई २२ अर्वको इष्टीमेट गरेर ठेक्का प्रकृया अघि वढाउन खोजेकोले आर्थिक चलखेल गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले माघ ९ गते टेण्डर आव्हान प्रक्रिया अगाडी बढाएपछि सत्तारुढदल नेपाल कम्यूनिष्ट पार्टीकै सासंदहरुले असन्तुष्टि जनाएका छन् । संघिय संसदको अर्थ समितिको बैठकमा सत्तारुढ दलकै सासंदहरुले फोर जी सेवाका नाममा ठुलै अर्थिक चलखेल गर्न खोजेको भन्दै आपत्ती जनाएका हुन् । फोर जी सेवाका लागी यति ठूलो रकम खर्च गर्नुले ठूलै आर्थिक चलखेलको आंशका उत्पन्न भएको सांसद रामकुमारी झाक्रीले बताए ।

एनसेलले काठमाडौ लगायत देशका २८ वटा शहरमा २ अर्व ३० करोडमा फोर जी सेवाको काम सम्पन्न गरेको छ । तर नेपाल टेलिकमले उस्तै सेवाका लागि २२ अर्व खर्च लाग्ने इस्टमेट सहित ठेक्का प्रकृया सुरु गर्न लागेको छ । एनसेलले निकै कम खर्चमा सम्पन्न गरेको फोर जी सेवा विस्तारका लागि नेपाल टेलिकमले त्यसको तुलनामा लगभग ६ गुणा वढिको इस्टमेट पेश गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका सांसद मेटमणि चौधरीले नेपाल टेलिकमको यस्तो कार्यले सेवाको नाममा टेलिकमले ठूलै आर्थिक घोटाला गर्न खोजेको आशंका गर्दै तत्काल छानवीन गर्न सरकारसँग माग गरे ।

सांसदहरुले सेवाग्राहीलाई गुणस्तरीय सेवा पु¥याउनु अपरिहार्य रहेको भएपनि नेपाल टेलिकमको फोर जी विस्तार कार्यलाई पारदर्शी ढंगले अघि बढाउन पनि सरकारलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);