संसदीय समितिको प्रश्न, 'फोरजी सेवा विस्तार सम्पन्न हुन नसक्नुको कारण के हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदीय समितिको प्रश्न, ‘फोरजी सेवा विस्तार सम्पन्न हुन नसक्नुको कारण के हो ?

काठमाडौं, १६ साउन । संसदीय समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको विकास तथा प्रविधि समितिमा शुक्रबार नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको बैठकले फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिनभित्र उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

त्यसैगरी समितिले टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको जनगुनासो आएको भन्दै गुणस्तरीय र नागरिकले अपेक्षा गरे अनुरुप सेवा विस्तार गर्नका लागि कार्ययोजना तयार गरी ३० दिनभित्र समितिमा पेश गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपाल दुरसञ्चारसँग आवद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण सात दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);