दिगम्बर झाको पुनर्नियुक्तिको विषयमा १५ दिन भित्र यथार्थ विवरण पेश गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दिगम्बर झाको पुनर्नियुक्तिको विषयमा १५ दिन भित्र यथार्थ विवरण पेश गर्न निर्देशन

digamber jha

काठमाडौं, १८ असोज । संसदीय समितिले नेपाल दुर संचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको पुनर्नियुक्तीको यथार्थ विवरण १५ दिन भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको बिहिबार बसेको बैठकले विवादमा तानिएका झालाई प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्तीको आधार र कारणको यथार्थ विवरण १५ दिन भित्र समितिमा पेश गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको गुणस्तरीय सेवा वृद्धि गर्न टावर निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको बताए ।

समितिका सदस्य गणेशकुमार पहाडीले नेपाल टेलिकमको सेवाले निजी क्षेत्रसँग प्रतिस्पर्धी गर्न नसक्नुको कारणबारे मन्त्री बास्कोटाको ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य महेन्द्रराय यादवले एनसेललाई राजस्व छली गर्न नदिन मन्त्रालयले प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

समितिका सदस्यहरुले नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम समेत सरकारले संचालन गर्न नसकेको भन्दै आपत्ति जनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);