सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन

facebook

काठाडौं, ४ साउन । संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक संजालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक संजालको विज्ञापनबापत् ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गर्न संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ । सूचना र प्रविधिको भरपुर उपयोग हुनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न पनि सचेत गराइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए ।

समितिले फोर जी सेवा विस्तार, टेलिकमको गुणस्तरमा सुधार लगायतमा देखिएको समस्या समाधानका लागि भईरहेका कामको विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोगमा ल्याउने वातावरण बनाउन पनि सरकारलाई सचेत गराइएको समितिका जेष्ठ सदस्य लामाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);