वैदेशीक रोजगारको क्षेत्र व्यवस्थित हुँदै गएको विभागको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

वैदेशीक रोजगारको क्षेत्र व्यवस्थित हुँदै गएको विभागको दाबी

bidesh

काठमाडौं, ४ साउन । रोजगारीको खोजीमा दैनिक सयौं युवा विदेश पलायन भइरहेका छन् । वैदेशीक रोजगारको क्षेत्रमा विभिन्न समस्या विद्यमान छन् । पछिल्लो समयमा भने वैदेशीक रोजगारको क्षेत्र व्यवस्थित हुँदै गएको वैदेशीक रोजगार विभागको दाबी छ ।

वैदेशीक रोजगार विभागका अनुसार पछिल्लो समय वैदेशीक रोजगारमा जाने कामदार ठगिने घटनामा कमी आएको छ । साथै वैदेशीक रोजगारको क्षेत्र पनि व्यवस्थित हुँदै गएको छ । यद्यपी ठगीका घटना भने रोकिएका छैनन् ।

खाडी मुलुक जाने कामदार ठगिने दर घटेको छ । युरोप अमेरिका जानेको संख्या बढ्दा ठगि रकम भने बढेको देखिन्छ । तर उजुरी संख्या भने घेटेको वैदेशिक रोजगार विभागको भनाइ छ ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा वैदेशिक रोजगार क्षेत्रमा १ अर्व ५२ करोड रुपैयाँ ठगिको उजुरी परेको छ । यसमा ७६ करोड ८३ लाख ६१ हजार १ सय ८२ रुपैयाँ म्यानपावार विरुद्ध छ ।

७५ करोड ३७ लाख १० हजार ७३ रुपैयाँ व्यक्तिगत माग दावी गरिएको छ । आर्थिक वर्ष २०७३/७४ को तथ्यांक हेर्दा ठगी रकम केही कम देखिन्छ । यो बर्ष ७५ करोड ७८ लाख ठगिको उजुरी परेका थिए ।

त्यसमा संस्थागत ४३ करोड ६० लाख ६५ हजार १ सय १८ र व्यक्तिगत ३२ करोड १७ लाख ७६ हजार ६ हजार ८६ रुपैयाको थियो । केही वर्ष यता बैदेशिक रोजगार क्षेत्रमा ठगिको घट्ना वढ्न थालेपछि सरकार कडा रुपले प्रस्तुत हुँदै आएको छ ।

तर, म्यानपावर कम्पनी र एजेन्ट र सरकारी कर्मचारीको सोचाइमा परिवर्तन नआउँदा पीडित कामदारले भने न्याय पाउन सकेका छैनन् । पछिल्लो समय भने त्यस्ता समस्या नभएको विभागको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);