बैदेशिक रोजगारको क्षेत्र किन सधै आलोचित ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बैदेशिक रोजगारको क्षेत्र किन सधै आलोचित ?

bidesh

कोमल प्रसाद दुलाल

काठमाडौं, ८ बैशाख । नेपालको श्रम बजारमा प्रत्येक वर्ष ५ लाख जनशक्ति आउने गरेका छन् । त्यसमा ४ लाख भन्दा वढी यूवा बैदेशिक रोजगारीमा गईरहेका छन् । सरकारले पनि बैदशिक रोजगारीका लागि १ सय १० देश खुला गरेको छ । तर, बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउन नसक्दा सधै यो क्षेत्र आलोचित बनिरहेको छ ।

देशमा पर्याप्त रोजगारीको अवसर नभएपछि अहिले दैनिक १ हजार २ सय नेपाली युवा बैदेशिक रोजगारीमा गईरहेका छन् । यसरी जाने नेपाली कामदारले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा समेत महत्पपूर्ण हिस्सा ओगटेको छ । तर, विदेश जाने नेपाली कामदारले पाउने सरकारी सेवा प्रवाह भने अहिलेपनि चुस्त दुरुस्त हुन सकेको छैन ।

पून : श्रम स्वीकृतीका लागि पोखरामा जाने यूवाले अहिले पनि श्रम तथा रोजगार कार्यालय, कास्कीमा घण्टौ कुर्नुपर्ने र विचोलियाको साहारा लिनुपर्ने अवस्था छ ।

पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या वढेसंगै सरकारले पनि सरकारी सेवा प्रवाहलाई विकेन्द्रिकरण गरेको छ । काठमाडौंमा मात्र केन्द्रिकृत रहेको श्रम स्वीकृतीको व्यवस्था अहिले ७ वटै प्रदेशमा बाट दिन शुरु गरिएको छ । यी कार्यालयबाट १ घण्टा भित्र श्रम स्वीकृती दिने भनिएको छ । तर, सेवाग्राहीले समयमा सेवा नपाएको गुनासो गरिहेका छन् । यता, श्रम तथा रोजगार कार्यालय कास्कीले भने नागरिकलाई सेवा दिने विषयमा कुनै कन्जुस्याई नगरेको दाबी गरेको छ ।

यसरी पछिल्लो समयमा बैदेशिक रोजगारको क्षेत्रमा श्रम स्वीकृतीको विषय मात्र हैन, अन्य क्षेत्रमा पनि त्यतिकै समस्या छ । तर, यो क्षेत्र व्यवस्थित मर्यादित अझै हुन सकेको छैन । यसका लागि सरकार, व्यवसायी र सरोकारवालाहरु गम्भिर भएमात्र सामाधान हुने बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका पूर्व प्रमुख मधुविलास पण्डितको भनाई छ ।

नेपालको श्रम बजारमा प्रत्येक वर्ष ५ लाख जनशक्ति आउने गरेको छन् । त्यसमा ४ लाख भन्दा वढी यूवा बैदेशिक रोजगारीमा गईरहेका छन् । सरकारले पनि बैदशिक रोजगारीका लागि १ सय १० देश खुला गरेको छ । तर, बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा यो क्षेत्र अहिले पनि आलोचित बनिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);