आजबाट 'नेपाल–चीन शैक्षिक मेला’ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आजबाट ‘नेपाल–चीन शैक्षिक मेला’ सुरु

nepal-china

काठमाडौं, ८ बैशाख । काठमाडौंमा ‘नेपाल–चीन शैक्षिक मेला’ सुरु भएको छ । दुई मुलुकबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ आईतबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा मेला सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दुई मुलुकबीचको जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले सो मेलाले नेपाल–चीनबीचको सम्बन्धलाई झनै प्रगाढ बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चिनियाँ भाषा शिक्षक संघ, नेपालको संयोजनमा आयोजना गरिएको ३ दिनसम्म चल्ने मेलामा नेपाल र चीन दुवै मुलुकका भाषा विज्ञहरुको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);