काठमाडौंमा ८ औं अन्तर्राष्ट्रिय ब्यापार मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौंमा ८ औं अन्तर्राष्ट्रिय ब्यापार मेला सुरु

byapar mela

काठमाडौं, १४ चैत । बिहिबारदेखि राजधानीको भृकुटी मण्डपमा ८ औं अन्तर्राष्ट्रिय ब्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गर्नु पर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको भन्दै राष्ट्रिय आकांक्षा पुरा गर्न बहुआयामिक विकासमा लाग्ने उल्लेख गरे । उनले समृद्धिको अभियानलाई तीव्रता दिन वैदेशिक लगानी भित्रयाउन जोड दिइएको पनि बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकलाई समृद्ध बनाउन रोजगारीका लागि बाहिर गएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउने गरी सरकारले उद्योगधन्दाको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

तयसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी र व्यापार दुवै भित्र्याउन सो मेला आयोजना गरिएको बताईन् । उनले लगानी सम्मेलनलाई सफल बनाउन पनि सो व्यापार मेला आयोजना गरिएको पनि स्पष्ट पारिन् ।

मेलामा शुक्रवारबाट काठमाडौंमा सुरु हुने ‘नेपाल लगानी सम्मेलन’मा सहभागी हुन आएका लगानीकर्ताहरु पनि सहभागी भएका छन । ५ दिनसम्म चल्ने मेलामा भारत, चीन, बंगलादेशसहितको २ सय २५ वटा स्टल रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);