लगानी सम्मेलनमा सहभागी हुन ६ सय ५० विदेशी पाहुना आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लगानी सम्मेलनमा सहभागी हुन ६ सय ५० विदेशी पाहुना आउने

lagani

काठमाडौं, १४ चैत । सरकारले शुक्रबार र शनिबारका लागि आयोजना गरेको लगानी सम्मेलनमा ६५० विदेशी लगानीकर्ता तथा प्रतिनिधिहरु सहभागि हुने भएका छन् । लगानी सम्मेलनमा सहभागि हुन म्यानमारबाट वित्तमन्त्रीकै नेतृत्वको टोलि आएको छ भने अन्य केही देशबाट उच्च तहका राजनीतिज्ञहरु सहितको सहभागिता हुँदैछ ।

उत्तरी छिमेकी चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आएका छन् भने दक्षिणी छिमेकी भारतबाट विदेश सचिव अरुण गोखलेको नेतृत्वमा टोली आएको छ । सम्मेलनमा संयुक्त राष्ट्रसंघ देखि अमेरिका, जापान, बेलायत, कोरिया सहितका प्रतिनिधि पनि सहभागि हुँदैछन् ।

सरकारलले विदेशी लगानीकर्ता र पाहुनाहरुको सुरक्षा व्यवस्थाका लागि पर्याप्त तयारी गरेको छ । पाहुना बसेको स्थल देखि बाटो र कार्यक्रम स्थलसम्मको सुरक्षा रणनीति तथा परिचालनको योजना बनिसकेकाले सुरक्षाको चिन्ता सकिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले सहभागि हुन आएका पाहुनाहरुलाई पनि सुरक्षाका विषयमा निश्चिन्त बन्न आग्रह गरेका छन् । सरकारको चिन्ता भने पाहुनाको सुरक्षामा भन्दा व्यवस्थापनमा धेरै देखिएको छ ।

लगानी कर्ताहरुको व्यवस्थापन वास्तबमै जटिल विषय हो । उनीहरुलाई खाने, बस्ने र सुरक्षा दिने मात्र नभएर लगानी सम्मेलनमा प्रस्तुत परियोजनाहरुको प्रस्तुतीकरण त्यसमा लगानीकर्ताहरुलाई आश्वस्त पार्ने काम कम चुनौतिपूर्ण छैन।

०७३ सालमा विगत सरकारले गरेको पहिलो लगानी सम्मेलनमा पनि देशको बजेट भन्दा बढि १४ खर्बको लगानी प्रतिबद्धता आएपनि अहिलेसम्म दुईखर्ब ७२ करोड लगानी मात्र भित्रने प्रक्रियामा छ ।

अहिले पनि लगानीकर्ताबाट प्रतिबद्धता मात्र नभए लगानी आउने वातावरण समेत निर्माण गर्नु सरकारका लागि चुनौतिपूर्ण छ । स्वदेशी लगानीकर्ताहरु उत्साहि भएर लगानी गर्न तयार नहुँदासम्म विदेशी लगानीकर्ताले लगानी नगर्ने हुँदा स्वदेशी लगानीकर्तामा विश्वास भर्नु सरकारका लागि अर्को चुनौति हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);