चिनियाँ राष्ट्रपति सीले यसै वर्ष भारत भ्रमण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चिनियाँ राष्ट्रपति सीले यसै वर्ष भारत भ्रमण गर्ने

एजेन्सी, ११ फागुन । चिनियाँ राष्ट्रपती सी जिनपिङले यसै वर्ष भारतको भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चिन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा सहभागि हुन चिनियाँ राष्ट्रपती सि ले भारतको भ्रमण गर्ने भएका हुन् ।

सन् २०१९ मा हुनु पर्ने ब्रिक्स सम्मेलन कोरोना माहामारी र भारत चिन बिचको सीमा तनावका कारण हुन सकेको थिएन । योसँगै भारत सरकारले चीनसँग सीमा विवाद बढेलगत्तै रोकेका चिनियाँ योजनाहरुलाई लगानीको बाटो पनि खोलिदिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भारत सरकारको यो निर्णयसँगै चिनियाँ अटोमोबाईल्स निर्माता ग्रेटवाल मोटर्स र एसएआईसी मोटर्स लगायतका ४५ वटा बृहत परियोजनाका लागि बाटो खुलेको छ । यसबाट २ अर्ब डलर बराबरका १ सय ५० वटा लगानीका योजनाहरु पनि अगाडि बढ्ने भएका छन् । तत्काल परियोजना अगाडि बढाउने स्विकृती पाएको ग्रेटवाल लगायतका ४५ परियोजनाहरु उत्पादनमूलक भएको, लगानी सुरक्षा संवेदनशीलता नभएकाले स्वीकृति दिईएको बताइएको छ ।

गत वर्ष ग्रेटवालले अमेरिकाको जनरल मोटरको भारतमा रहेको कार प्लान्ट खरिदका लागि स्वीकृति मागेको थियो । यो सम्झौताको मूल्य २५ देखि ३० करोड डलर अनुमान गरिएको छ । सो प्लान्ट खरिदपछि ग्रेटवालले आगामी केही वर्षभित्र थप १ अर्ब डलर लगानी गर्ने जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);