चिनियाँ राष्ट्रपति १५ अक्टोबरमा नेपाल आउने, ९ घण्टा मात्र बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

काठमाडौँ, १७ भदौ । चिनियाँ राष्ट्रपति सी चिङफिङले आगामी १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने सम्भावना बलियो बन्दै गएको छ । सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ । राष्ट्रपति सीको नेपाल भ्रमण ९ घण्टाको मात्रै हुनेछ ।

पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपति सीले ११ अक्टोबरदेखि भारतको पाँच दिने भ्रमण गर्दै छन् ।

उनको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीचको दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत अप्रिल २०१९ मा चीन भ्रमणका क्रममा समकक्षी सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । त्यतिबेला सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने वचन दिएका थिए ।

उनले दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सको भ्रमण गरिसकेका छन् ।राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीस्वरूप चिनियाँ विदेशमन्त्री वाङ यही महिना नेपाल आउने भएका छन् । चिनियाँ राष्ट्रपतिको भ्रमणलाई विशेष बनाउन विदेशमन्त्री वाङ नेपाल आउने भएका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);