राष्ट्रपति सी भ्रमणका चार आयाम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति सी भ्रमणका चार आयाम

xi n bidhya

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपराह्न दुईदिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमणको २३ वर्षपछि राष्ट्रपति सीको भ्रमण हुन लागेको हो । नेपालका तर्फबाट राष्ट्रपति र प्रधानमन्त्रीको तहमा निरन्तर भ्रमण हुने तर चीनबाट भ्रमणका ‘रेसिप्रोसिटी’ नभइरहेको अवस्थामा सी नेपाल आउँदै हुनुहुुन्छ ।

भ्रमणका महवपूर्ण चार आयाम
पहिलो, ऐतिहासिक भ्रमणको आरम्भ र निरन्तरता हो । छिमेकी राष्ट्रप्रति चीनका निश्चित दायित्व छन् तर सँंगै चीनका विश्वव्यापी दायित्व पनि छन् । शक्तिशाली नेताका रूपमा स्थापित राष्ट्रपति सीले नेपाललाई विशेष महत्व दिनुभएको हो । अर्थात् शक्तिशाली चिनियाँ नेतृत्वको दृष्टिमा नेपाल पर्नु नै पहिलो उपलब्धि हो । उच्चस्तरका भ्रमणको आदानप्रदान पारस्परिक सम्बन्ध र विकासका आधार हुन् ।

दोस्रो– नेपाल सरकार र जनताप्रतिको विश्वास । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री भएका बेला राष्ट्रपति सीलाई नेपाल भ्रमणमा ल्याउने एजेन्डालाई सबैभन्दा प्राथमिकतामा राख्नुभएको थियो । उहाँले राष्ट्रपतिका तर्फबाट निमन्त्रणा दिनुभएको पनि थियो ।

तेस्रो– ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा योगदान र समर्थन । प्रधानमन्त्री ओलीले राजनीतिक सङ्क्रमणपछि नेपाल विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै आउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले आफ्ना सबै विदेश भ्रमणमा नेपालको यो राष्ट्रिय लक्ष्यलाई प्राथमिकताका साथ उठाउनुभएको छ । त्यतिमात्र होइन, चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली खछियाङले पनि नेपाली उच्च राजनीतिक नेतृत्वसँगको भेटवार्तामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा समर्थन रहेको बताउनुभएको छ ।

चौथो, उच्चस्तरीय राजनीतिक समझदारीको रणनीतिक विकास । द्विपक्षीय सम्बन्धमा ऐतिहासिक उपलब्धि यसअघि नै दुई देशबीच भएको पारवहन र यातायात सम्झौता हो, जसको प्रोटोकलसमेत तयार भएका छन् । नेपाललाई वास्तविक रूपमा भूपरिवेष्टितबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्ने कामको आरम्भ त्यही हो । ती ऐतिहासिक आरम्भलाई थप अनुमोदन गर्दै राष्ट्रपति सी भ्रमणमा आउनुले उच्चस्तरको राजनीतिक सम्बन्ध स्थापित भएको मात्र होइन, निरन्तरता पाएको देखाउँछ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);