सिन्धुपाल्चोक बस दुर्घटनामा ११ को मृत्यु, १०६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिन्धुपाल्चोक बस दुर्घटनामा ११ को मृत्यु, १०६ जना घाइते

sindhupalchowk bus accident

सिन्धुपाल्चोक, २५ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपा तिखु मोडनजिकै बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जनाको उपचारको क्रममा मृत्यु भएको हो । हेलम्बु यातयातको बा२ख २७१५ नम्बरको बस शुक्रबार बिहान साढे नौ बजे सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

दसैँमा आफन्तकोमा टीका लगाउन गएका र घरबाट दसैँ सकेर राजधानी फर्कंदै गरेका यात्रुहरु दुर्घटनामा परेका छन् । मृत्यु हुने अधिंकाश इन्द्रावती गाउँपालिका–९ र १० का रहेका छन् । दुर्घटनामा बसका चालक काभ्रे बनेपाका केदार माहाजुको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका–९ का विनोद श्रेष्ठ, हीरा श्रेष्ठ, जुनादेवी लम्साल, सोही गाउँपालिका–१० का रितेश आचार्य, मीना मगर, सुवास अधिकारी र सुमित फुर्काेटी रहेका छन् ।

त्यस्तै, काभ्रे पाँचखालकी संगीता पुर्कोेटी, मेलम्ची नगरपालिका–१३ का गणेश तामाङ र बाह्रबिसे नगरपालिका–७ घर भई ललितपुर बस्दै आएकी समिता श्रेष्ठको पनि दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य केही यात्रुको अवस्था पनि गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);