अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६३ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६३ घाइते

घाइते मध्ये १३ जनाको काठमाडौंमा उपचार हुँदै

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–१० भोटसिपामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६३ यात्रु घाइते भएका छन्।

शुक्रबार बिहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबाट काठमाडौंका लागि छुटेको बस बा २ ख २७१५ नम्बरको बस भोटसिपामा बिहान ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका १४ मध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन् ।

१३ जना गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट राजधानी ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि राखिएको छ ।

१३ जना मध्ये तीन जनाको अवस्था गम्भीर छ भने अन्य सबै जना जोखिम मुक्त भएको राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुन प्रसाद भेटवालले जानकारी दिनुभयो ।

बस दुर्घटनामा घाइते भएका अन्य ५१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);