बस दुर्घटना अपडेट : मृत्यु भएका ९ मध्ये ६ जनाको सनाखत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बस दुर्घटना अपडेट : मृत्यु भएका ९ मध्ये ६ जनाको सनाखत

काठमाडौं । जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुसहितको बस परासी भैरहवा हुलाकी राजमाग अन्तर्गत भैरहवा नजिकै रोहणी खोलामा दुर्घटना हुदाँ मृत्यु भएका ९ जना मध्य ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता प्रहरी नायव उपरिक्षक नवरन्त पौडेलले जनाकारी दिएका छन् ।

आज बिहान ५ बजे लु२ख ३८४१ नम्बरको बस परासी भैरहवा हुलाकी राजमाग अन्तर्गत भैरहवा नजिकै रोहणी खोलामा दुर्घटना हुदाँ बसमा सवार ९ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–२ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका–११ कालिका नगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, तिलोत्तमा नगरपालिका–८ की ३६ वर्षीया तुलसी बस्याल, रौतहट चन्द्र चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका छन् । अन्य ३ जनाको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् । ती मध्ये १५ जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ । बसमा चालक सहित ३३ जना सवार रहेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);