सल्यान बस दुर्घटना : मृत्यु भएका १२ जना मध्य १० को सनाखत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सल्यान बस दुर्घटना : मृत्यु भएका १२ जना मध्य १० को सनाखत

सन्दिप शर्मा, काठमाडौं । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका १२ जना मध्य १० जनाको सनाखत भएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुदाँ १२ जनाको मुत्यु भएको थियो । मृत्यु हुनेहरुमा १० महिला र २ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले जानाकारी दिए ।

प्रनाउ थापाका अनुसार घटनास्थलमा ६ जना र अस्पतालमा उपचारको क्रममा ६ जना गरी १२ जनाको मृत्यु भएको हो । आइतवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । बस विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मृत्युहुनेहरुमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वली, सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।

त्यस्तै सल्यान शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी रहेका छन्। मृतक दुई बालबालिकाको भने सनाखत हुन बाँकी रहेको छ ।

यस्तैगरी दुर्घटनामा परी थप २८ जना घाईते भएका छन् । घाईतेहरुको विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाईते मध्ये आठ जनालाई हेलिकप्टर मार्फत र थप ५ जनालाई एम्बुलेन्स् मार्फत कोहलपुर पठाईएको जिप्रका सल्यानले जनाएको छ ।

यस्तै केही घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं पनि लगीएको प्रनाउ थापाले जानाकारी दिए । अन्य घाईतेहरुको जिल्ला र दाङको तुलसीपुरमा उपचार भईरहेको उनले बताए । गाडिका चालक भने अहिलेसम्म सम्पर्कविहीन रहेको प्रनाउ थापालेबताए । सडकको खराब अवस्था र तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);