सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा, आठ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा, आठ जनाको मृत्यु

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);