ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १७ भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १७ भन्दा बढी घाइते

accident

ओखलढुंगा, २५ असार । ओखलढुंगामा आज बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मानेभज्याङ गाउँपालिका ६ डढुवामा आज बिहान बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी रहेका छन् । यसैगरी दुर्घटनामा १७ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बिहान करिब साढे तीन बजेतिर सडकबाट ५० मिटर तल खसेको थियो । घाइतेमध्य चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकपटर मार्फत काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेहरुको उदयपुर, घुर्मी र ओखलढुंगा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);