भोजपुरमा प्रहरी र विप्लव समूह बिच भिडन्त : एक प्रहरी र विप्लव समूहका एक कार्यकर्ताको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भोजपुरमा प्रहरी र विप्लव समूह बिच भिडन्त : एक प्रहरी र विप्लव समूहका एक कार्यकर्ताको मृत्यु

goli

भोजपुर, २५ असार । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव समूहका कार्यकर्ताबीच भएको झडपमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जिव राई छन् । उनलाई गोली लागेको छ । त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज नीरकुमार राई रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ । भोजपुरमा आज बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो ।

विप्लव कार्यकताले ड्यूटीमा रहेका प्रहरीमाथि आक्रमण गर्दा दुई पक्षबीच गोली चलेको प्रहरीले जनाएको छ । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);